• १४ असोज २०८३, बुधबार
  • ६ः५० बेलुका

सञ्चार र सूचनाप्रविधिको टेवा, हातहातमै सरकारी सेवाः नागरिक एप

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०५:५९

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल बनाउन नागरिक एपको सार्वजनिक परीक्षणको शुभारम्भ भएको घोषणा गर्दछु ।

National Life

नेपालका हरेक नागरिकलाई प्रविधि मार्फत् सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभलिन सबैमा अनुरोध समेत गरिएको हो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवाहरुलाई डिजिट लाइज गरी एकिकृत प्लेट फर्मबाट सेवा प्रवाह गर्ने लक्ष्य वमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नागरिकले नागरिक एपबाट प्यान कार्ड सम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ । यस एप मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाण पत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ ।

लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप भन्ने नाराका साथ सुरु गरिएको एप मार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरीसम्बोध नगरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिकविदाको दिनपनि सेवालिन सकिनेछ ।

 

 

प्रतिकृया