राष्ट्रपतिले संविधानलाई एकपल्ट पनि नहेरी विघटन गरेको कांग्रेस नेता थापाको आक्रोश
प्रकाशित मिति
२०७७ माघ ३ गते, शनिबार ०१:१०
ललितपुर: ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिबार बिहान आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधनमन्त्री के पी शर्मा ओलीले संविधानमा नभएको प्रावधान टेकेर संसद विघटन गरेको स्पष्ट पार्नुभयो ।
थापाले संसद विघटन गर्नेमा नेकपाका प्रमुख चार व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाउनुभको छ । प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दोषी रहेको जानकारी दिदै संविधानलाई सहि बाटोमा ल्याउन कांग्रेसका नेताहरू मिलेर आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई एकपल्ट पनि नहेरी विघटन गरेको भन्दै कांग्रेस नेता थापाले आक्रोश पोख्दै ‘संविधान विपरित संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली जति जिम्मेवार छन्,।
कांग्रेसभित्रको सानातिना कुरा र मनमुटावलाई भुलेर नेकपा र नेकपाको सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन अनुरोध गर्नूभयो ।विरोध कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, मनीकृष्ण महर्जन, गजेन्द्र महर्जन, मुना अधिकारीसहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।






प्रतिकृया