• २६ भदौ २०८३, शुक्रबार
  • ८ः४९ राती

 ‘प्रधानसेनापति ट्रफि प्रतियोगिता’ समापन     

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार १२:०४

काठमाडौं-  प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता–२०७७’ समापन गरेका छन् । पुस २१ गतेबाट सुरु भएको उक्त ट्रफि प्रतियोगिता आज जङ्गी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति थापाले एक विशेष समारोहकाबीच समापन गरेका हुन् ।

National Life

यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ्ग र एथलेटीक्स गरी ५ वटा विधा समावेश गरिएको थियो भने आर्चेरीलाई पहिलो पटक डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो ।

प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं. १६ बाहिनी अड्डा, श्री मध्य पृतना हेडक्वाटर तथा श्री उतर पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा ट्रफि प्रदान गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उनले गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री नं. १ जगदल गण र श्री चण्डीदल गणलाई समेत ट्रफि तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति थापाले ‘अतिरथी स्वर्गीय निर शम्सेर जबरा पुरस्कार’ रन फर फन २९७६ का दौरान म्याराथुन प्रतियोगिताका विजेता जम। होमलाल श्रेष्ठलाई तथा महारथी श्री गौरव शम्सेर जबरा अजेयबल सम्पन्न ट्रफी महिला तर्फ तेक्वान्दोकी खेलाडी नीता गुरुङ्ग र पुरुष तर्फ ब्याडमिन्टन खेलाडि जम।क। रत्नजित तामाङ्गलाई हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा बलाधिकृत रथी प्रभुराम शर्माले आजै आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसै गरी उक्त खेलमा द्वितीय हुने नयाँ गोरख गणका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले र तृतीय हुने भैरव प्रसाद गणका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए ।

यसअघि बास्केटबलमा प्रथम हुने मध्यपूर्वी पृतना हेडक्वाटरलाई उ.र निरन्जन कुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनालाई उ.र गोकुल भण्डारीले, सुटीङ्गमा प्रथम हुने नं १६ बाहिनीलाई उ. र अनन्त कार्कीले र एथलेटिक्सतर्फ पनि प्रथम हुने नं १६ बाहिनिलाई उ.र सरोज प्रताप राणाले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिसकेका छन् ।

उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु, अन्य सुरक्षा अंगका उच्च अधिकृत प्रतिनिधीहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू सकलदर्जाको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिकृया