प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन, देउवासँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँः माधव नेपाल
प्रकाशित मिति
२०७७ माघ ३ गते, शनिबार ११:५१
दाङ – प्रचण्ड–नेपाल समूह नेकपाका अध्यक्ष माधव कुमार नेपालले व्यवहारमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको भन्दै प्रशंसा गरेका छन् ।
शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले केपी ओलीमा कुनै नैतिकता नभएको भन्दै प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको बताएका हुन् ।
उनले , ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । केपी ओलीमा नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘प्रचण्ड र मप्रति अवस्विास सिर्जना र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको छ । दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’
प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको भन्दै आफ्नो गुटबाट दुई चार जना छुट्टिएर जाँदैमा केही फरक नपर्ने समेत बताए ।
संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दलका सभापति शेरबहादुर देउवासँग मिलेर आफुहरुले संयुक्त आन्दोलन गर्ने तयारी गरिरहेको पनि दाबी गरे ।
‘विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ ।’
नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए ।
ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।






प्रतिकृया