• २० असोज २०८३, मंगलबार
  • ४ः०८ बेलुका

प्रहरी निकै चासो र चनाखो भएर काम गरिरहेको : एसएसपी लामा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५९

 

National Life

काठमाडौं । काठमाडौंमा शान्ति सुरक्षाको चुस्तता, अपराध न्यूनिकरण र कानुन विपरितका काम कारवाहिलाई रोक्न प्रहरीले नयाँ कार्यक्रम सुरु गरेको छ ।
सो कार्यक्रम अन्र्तगत घरघरमा एसएसपीको नम्बर पुर्याउने र जनतालाई सिधै प्रहरीसँग जोड्ने बताइएको छ ।

महानगरिय प्रहरी परिषर काठमाडौंका एसएसपी वसन्तकुमार लामाका अनुसार आफ्नो फोन नम्बर घरघरमा पुर्याउने अभियान सुरु गरिएको बताउनुभयो।
लामाले महानगरभित्रका सम्पूर्ण जनतालाई फोन नम्बर प्रदान गर्नुको एउटै उद्देश्य जनताको चासो, गुनासो र तत्काल प्रहरीको सहयोग आवश्यकता लागि भएको बताउनुभएको छ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सुरु गरिएको यो अभियान जनता र प्रहरीबीचको सम्बन्धलाई अझ सुमघुर बनाउँदै लैजाने, समाज वा टोलमा हुने बिभिन्न किसिमका अपराध, दुर्घटना जस्ता कुराहरु जानकारी दिने उहाँको भनाई थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उहाँले यो अभियान अन्र्तगत रहेको प्रहरी प्रमुख वा मातहतमा रहेको व्यक्तिहरु जनताको घरघरमा पुग्ने स्टिकर घर भित्र टाँस्ने र घरधनिको सम्पूर्ण विवरणसहितको फारम भराउनुका साथै भाडा लगाएको वा भाडामा बस्नेको समेत विवरण राख्ने बताउनुभयो।

प्रहरीलाई गुनासो वा सूचना टिपाउने १०० नम्बरमा फोन हुँदाहुदै अरु सम्पर्क नम्बर वितरण गर्दा झन् असहजता आउनुका साथै प्रमुखकै नम्बर यसरी सार्वजनिक गरिदा प्रशासनिक काम कारवाहिमा समेत प्रभाव पर्दैन भन्ने प्रश्नमा उहाँले यसले असहजता प्रदान नगर्ने वरु जनता सिधै हाकिमलाई सम्पर्क गर्यो भनेर आत्मविश्वास वढ्ने हुन्छ । प्रहरी भनेको जनताको सेवाकै लागि हो यसमा हामीलाई कुनै किसिमको अफ्ठ्यारो नपर्ने र प्रशासनिक कार्यसँग यसको कुनै तालमेल नहुने र यसले जनता र प्रहरीसँगको सम्बन्ध अझै मजवुत र जनतालाई प्रहरी हाम्रो सुरक्षाको लागि रहेछ भन्ने पूर्ण विश्वाव दिलाउन मद्दत पुग्ने उहाँको भनाई थियो ।

पछिल्लो समय काठमाडौं भित्र देखिने गरेका अपराध र यसको न्यूनिकरणमा कस्तो प्रभाव देखिएको छ भन्ने प्रश्नमा उनले पछिल्लो समय चोरी, लुटपाटका घटनाहरु क्रमश घट्दै गएको बताउँदै साइवर अपराध र चेक बाउन्सका गुनासो र सूचनाहरु आउने थालेको जानकारी दिदै उहाँले यस सम्बन्धमा प्रहरी निकै चासो र चनाखो भएर काम गरिरहेको र त्यस किसिमका गतिविधि गर्नेलाई नियन्त्रण लिने र कानुन अनुसार कारवाहि गर्ने गरेको बताउनुभयो ।

प्रतिकृया