• ११ असोज २०८३, आइतबार
  • ५ः४४ बेलुका

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसद्वारा विरोध प्रदर्शनः ओली सरकारकोविरुद्ध नेताहरुको भाषण

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०३:२३

काठमाडौंः प्रतिनिधिसभा विघटनकोविरुद्धमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ ।

National Life

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको र प्रधानमन्त्री ओली कदम राष्ट्रघाती रहेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भए भने प्रकाशमान सिंह, गगन थापा, विश्वप्रकाश शर्मा लगायतले राजधानीका विभिन्न स्थानमा आफ्ना धारणा राखेका छन् ।

उपत्यका बाहिरसमेत कांग्रेसले हजारौं मानिस सडकमा उतारेर प्रदर्शनहरु गरिरहेको छ ।

 

प्रतिकृया