• ४ साउन २०८३, सोमबार
  • ३:५३ बिहान

सुविधानगरमा सिसिटिभि जडान, तत्काल अपराधी पक्रिन सजिलो : डिएसपि काफ्ले

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:२६

काठमाडौँ ।
समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको पहलमा सुविधानगरमा रहेका सुरक्षित नागरिक समाज, एकिकृत उपभोक्ता संघ तथा सामुदायीक विकास समितिको सहकार्यमा सुविधानगर, तिनकुनेमा यसै महिनादेखि ५२ वटा सिसिटिभि क्यामेरा जडान गर्न लागिएको छ । सडक, पानी, विजुली, ढलपछि अब प्रविधियुक्त टोल बन्ने तयारीमा रहेको छ सुविधानगर।

ती चारवटै संस्थाको शुक्रबार बसेको वैठकले सुविधानगरका सबै मार्ग, चोक र गल्लीहरुमा ५२ वटा अत्याधुनिक प्रविधियुक्त सिसिटिभि जडान गर्ने र त्यसको लागि आवश्यक पर्ने रकमको जोहो गर्ने विषयमा निर्णय गरेको छ ।

Kamana Sewa

५२ वटा सिसिटिभि क्यामेरामध्ये १७ वटा सिसिटिभि क्यामेरा सिद्धार्थ बैंक, मेरो टिभि, जस्मिन अपार्टमेण्ट, हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुललगायतका संघसंस्थाहरुले उपलव्ध गराउने र बाँकी ३५ वटा क्यामेरा अरु संस्थाबाट जुटाउने सहमति भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले बताउनुभयो । उहाँको अनुसार सो सिसिटिभिको मनिटर वृत्तको कार्यालयमा रहने हुनाले कुनै घटना या दुर्घटना भएमा तत्काल अपराधी पक्रिन सजिलो हुनेछ ।

Classic Tech Desktop

महानगरीय प्रहरी वृत्त नया बानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्ले आफ्नो कार्यक्षेत्रमा उत्कृस्ट कार्य गरि महानगरीय प्रहरी परिसर काठमाडौँबाट नगद पुरस्कार सहित पुरस्कृत हुनुभएको थियो ।

यस्तै नेपाल सरकारका महान्याधिवक्ता अग्मीप्रसाद खरेलले सुविधानगरका विभिन्न चोक र घरहरुमा व्यक्तिगतरुपमा यसअघि सिसिटिभि क्यामरा जडान गरिएको भएतापनि प्रहरी वृत्तमै सिसिटिभि मनिटर राख्नेगरि ५२ वटा क्यामेरा जडान हुनु राम्रो कुरा भएको बताउनुभयो।
सामुदायीक विकास समितिका अध्यक्ष सुमित्रा खरेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा पुर्व महान्याधिवक्ता सुर्यप्रसाद कोइराला, ३२ नं वडा सदस्य राजेन्द्रप्रसाद न्यौपाने, एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी, सुरक्षित नागरिक समाजका पदाधिकारी, व्यवसायीका साथै त्यस क्षेत्रका विद्यालय,कलेजका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिकृया