• ७ असोज २०८३, बुधबार
  • ११ः५५ राती

बेइजिङसँग जोडिएको हेबेईमा कोरोना संक्रमित ह्वात्तै बढे, हवाई र स्थलमार्ग बन्द

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार १२:०४

एजेन्सी: चीनको राजधानी बेइजिङसँग जोडिएको उत्तरी प्रान्त हेबेईमा एकैदिन १२० जना कोरोनाभाइरसका संक्रमित फेला परेपछि अधिकारीले उक्त प्रान्तमा हवाई र स्थल सम्पर्क बन्द गरेका छन्।

National Life

राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार थप ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ। लाखौं मानिसको परीक्षण गर्दा स्थानीय स्तरमा संक्रमित भएका ५१ जना र ६९ जना लक्षणविहीन संक्रमित भेटिएका हुन्।

मंगलबार पनि उक्त प्रान्तमा ६३ जना संक्रमित भेटिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रान्तीय राजधानी सिजियाझुयाङ र अर्को सहर सिङताईमा संक्रमितहरू फेला परेका हुन्। बुधबार बाहिरबाट आएका दुई जनामा पनि कोरोना देखिएको थियो।

बुधबारसम्म हेबेईमा ९२ जना लक्षणसहित र १४९ जना लक्षणविहीन संक्रमित भेटिएसँगै पछिल्ला महिनाहरूमा चीनमा फैलिएको कोरोनाको यो सबैभन्दा ठूलो संक्रमण हो।

सिजियाझुयाङका अधिकारीहरूले सहरका सबै १ करोड १० लाख मानिसको परीक्षण सुरू गरेका छन्। सबैभन्दा बढी जोखिममा रहेको गावचेङ जिल्लामा आइतबार ५० हजारको परीक्षण गरिएको थियो भने मंगलबार थप ६० हजारको स्वाब जाँचिएको थियो।

बुधबारसम्म सिजियाझुयाङका २० लाखभन्दा बढी मानिसको स्वाब संकलन गरिएको छ। तीमध्ये सात जनामा कोरोना पुष्टि भएको छ। सिङताईका अधिकारीले तीन दिनभित्रमा सहरका सबै ७० लाख मानिसको परीक्षण गर्ने जनाएका छन्।

जिन सिक्वेन्सिङले सिङताईमा देखिएको भाइरस युरोपमा फैलिएकोजस्तै देखिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सिजियाझुयाङमा अर्को वर्ष हुने विन्टर ओलम्पिकका केही खेलहरू हुने तय भएको थियो।

प्रतिकृया