• ११ असोज २०८३, आइतबार
  • ८ः४७ बिहान

एलएलबी पढ्नलाई प्रवेश परीक्षा दिनुपर्ने, सिट संख्या ६ सय मात्रै

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०७:२३

काठमाण्डौँ, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा एलएलबी पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।

National Life

क्याम्पसले आज सूचना निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।

जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

परीक्षा केन्द्र पनि तोकिसकिएको छ।

नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ।

क्याम्पसले शैक्षिक वर्ष २०७५र०७६ को एलएलबी पहिलो वर्षका पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भनेको छ।

‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।

प्रतिकृया