• ९ असोज २०८३, शुक्रबार
  • ७ः२५ बिहान

पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमित थपिएः ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०४:३७

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

यस्तै बुधबार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ।

आजै थप ४९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। यो निको हुने दर ९७।३ प्रतिशत हो।

Classic Tech Mobile
Classic Tech Desktop

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ।

प्रतिकृया