महिन्द्रा गाडी खरिद गर्न माछापुच्छ्रे बैंकले ऋणदिने
प्रकाशित मिति
२०७७ पुष २२ गते, बुधबार ०३:२९
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड र महिन्द्रा ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यावसायिक सम्झौता भएको छ ।
महिन्द्रा ब्रान्डका गाडीहरू खरिद गर्नका लागि माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतामा अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने जनाइएको छ ।
बैंकले देशभरमा १ सय ६० शाखा, १ सय ४८ शाखारहित बैंकिङ सेवा, ५एक्सटेन्सन काउन्टर, १ सय ९८ एटिएम तथा १ हजारभन्दा बढी पिओएसमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।






प्रतिकृया