• ७ असोज २०८३, बुधबार
  • ६ः३६ बेलुका

प्रधानसेनापति थापाद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०२:५५

काठमाडौं, – प्रधानसेनापति पूर्णचन्द्र थापाले बढुवा भएका उपरथीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । पौष १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई आज प्रधानसेनापति थापाले जङ्गी अड्डामा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

National Life

उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी डा देवेन्द्र बहादुर खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया