• १० असोज २०८३, शनिबार
  • ९ः०५ राती

शरणार्थी भिसामा अमेरिका लैजाने भन्दै करोडौं ठगी धन्दा

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०१:५१

काठमाडौं : अमेरिकाकने राष्ट्रपतीय निर्वाचनमा आप्रवासी प्रति केही नरम मानिने डेमोक्रेटिक पार्टीले जितेकाे अवसर पारेर मानव तस्करीको एक गिराेह नेपाली युवाहरूलाई अमेरिका छिराईदिने भन्दै कराेडाै रूपैयाँ उठाउन लागिपरेको खुलेको छ।

National Life

 

अमेरिकामा छाेराे रहेकाे र उस्ले राेजगारी र स्थायी बसाेवासकाे ग्यारेन्टी गरिदिने भन्दै अमेरीका रहेका राजेन्द्र बुढाथोकी र नेपालमा रहेका उनका बाबु राजेन्द्र बुढथोकी अगुवाईको गिरोहले सक्यौं युवाहरुसँग रकम संकलन गरिरहेको समाचार श्रोतले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अमेरिकावासीले शरणार्थी भिसामा लैजाने भन्दै उक्त गिरोहले प्रति व्यक्ति ५५ लाख रूपैयाँ लाग्ने भन्दै एडभान्सकारुपमा प्रति व्यक्ति पाँच लाख रुपैयाँदेखि दश लाखसम्म उठाइरहेको श्राेतले बतायो ।

 

बुढाथोकीको गिरोहले रूकुम, राेल्पा, दाङ, देउखुरी, बर्दिया, नेपालगन्ज, सल्यान, प्युठान हुँदै बुटवलसम्मका कतिपय युवालाई अमेरिकी सपना देखाएर आफ्नाे ट्रयापमा पारेको बताईएकाे छ । अमेरिकी सपना बेची ठगी धन्दाका गिरोहले काठमाडौंमासमेत एजेण्ट परिचालन गरी रकम संकलन गरेको बताइएको छ ।

 

श्रोतका अनुसार झण्डै १० करोड उठाइ सकेको आकलन गरिएको छ। गिरोहले जनवरी २० तारेखमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जाे वाईडनले सत्ता सम्हाल्ने र त्यसपछि परिस्थितिमा सहजता आउने भएकोले माैका चुकाउन नहुने भन्दै रकम संकलन गरिरहेको उक्त गिरोहलाई रक़म बुझांउने तैयारीमा रहेका एक सुवासें आफ्नो नाम नखुल्उने शर्तमा मध्यान्हलाई बताए । यसबारे मध्यान्ह दैनिकको खोज जारी छ ।

 

नेपालमा पछिल्ला दिनमा मध्यमवर्गीय शिक्षित युवालाई अमेरिका र क्यानडाकाे पिआर(स्थायी बसाेवास)काे ग्यारेन्टी गरिदिने भन्दै कराेडाै ठग्ने गरिएको छ। सिमित व्यक्ति अमेरिका प्रवेश पाउन सफल भएपनि अधिकाश ठगिने र कतिपयले बाटाे मै ज्यान समेत गुमाउने गरेकाे नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले बताएको छ । व्युराे र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युराेले यस्ता मानव बेचखिखनमा सुक्ष्म निगरानी गरिरहेका छन् ।

 

काेभिडकाे हालकाे महामारीको समयमा आकर्षक वैदेशिक राेजगारीकाे प्रलाेभन पारेर शिक्षित युवाहरूलाई समेत `ट्रयापमा´पारेर ठगी गर्ने क्रम बढ्दै गएकाे ती निकायकाे बुझाई छ । बैदेशिक राेजगारकाे आवरणमा मानव तस्करीको डरलाग्दो सञ्जाल रहेको भन्दै सरकारका सबै निकाय र मानव वेचविखन विरूद्द कामगर्ने गैरसरकारी वीच सहकार्य हुनुपर्ने सुझाव यस क्षेत्रका विज्ञहरूले दिने गरेका छन् ।

प्रतिकृया