• ५ असोज २०८३, सोमबार
  • २ः२२ दिउँसो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०२:१६

पुस १७, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

National Life

पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्‍ठ, साङ्‍मु शेर्पा, बुद्धि जंग गुरूङ, साङ्गे तेन्जिङ महत, राज कुमार बुढाथोकी, सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्‍णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देव कुमार तामाङ, भुवन कुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनुभएको हो ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ीयकत ख्भजष्अभि ब्उउष्अिबतष्यल मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका बनेपा काभ्रे, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानो बानेश्‍वर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले यस पौष महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।

 

प्रतिकृया