• ५ असोज २०८३, सोमबार
  • १ः५३ दिउँसो

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०२:२२

काठमाडौं, १७ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताउनुभएको छ ।

National Life

थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ काठमाडौंको आज (शुक्रबार) उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

पूँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्री अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा श्रममा जोडिनुपर्ने बताउनुभयो । ‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो’, कृषिमन्त्री अर्यालले भन्नुभयो, ‘पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’
श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उहाँले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रबृत्तिको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा श्रम गर्ने, खेतीकिसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन हामीकहाँ थिएन । तर, अब त्यो सोच बदलौ । श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौं । श्रम गर्ने मान्छेलाई उत्साहित बनाउन सिकौं ।’
विदेश गएर फर्किएका धेरै युवाहरु अहिले व्यवसायिक रुपमा कृषि कर्ममा लागेको बताउदै उहाँले अब स्वदेशमै रहेर बेरोजगार रहेका युवाहरुलाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो । ‘विदेश गएर आएका युवाहरुले त त्यहाँ देख्नुभयो, अनुभव गरेर स्वदेशमा आएर लागु गर्नुभएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर अब यहाँ पनि ठूलो संख्यामा युवाहरु हुनुहुन्छ । जसले काम नपाएर बसिरहेको अवस्था छ । ती युवाहरुलाई पनि हामीले व्यवसायिक कृषि कर्ममा आकर्षित गर्नुपर्नेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारीमार्फत सहकारी बजार विकास कार्यक्रममार्फत कृषि बजारहरु सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री अर्यालले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषिमा यान्त्रिकिकरणको कार्यक्रम अगाडी बढाइएको बताउलै उहाँले सरकारका कार्यक्रमहरुलाई सहयोग पु¥याउनेगरी विभिन्न संघसंस्थामार्फत गरिएको प्रयास सह्राहनीय रहेको बताउनुभयो ।

 

 

प्रतिकृया