• ७ असोज २०८३, बुधबार
  • ११ः५८ राती

क्याटवरी बनाउने उद्योग स्थापना

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०४:१२

मकवानपुर, ५ पुस: वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ ।

National Life

उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद साहले जानकारी दिए ।

उहाँका अनुसार प्रदेश सरकारको साझेदारी सम्झौताअनुरुप ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा दूध प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योग निर्माण भई सञ्चालन हुने छ । वाग्मती प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त प्लान्ट निर्माण गर्न रु २४ करोड ३७ लाख अनुदान रकम विनियोजित गरिसकिएको र बोलपत्रमा कबुल भएअनुसार निर्माणको लागतको रकममा घटबढ हुने सम्भावना रहेको पनि दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर साहले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगले चितवनस्थित विभिन्न दूग्ध सहकारी संस्थाबाट दैनिक ३० हजार लिटर दूघ खरिद गरी प्रशोधन गरिएपछि क्याटवरी बनाउने लक्ष्य लिएको छ । उत्पादित क्याटवरी विभिन्न शहरमा आपूर्तिका लागि पठाइने भएको प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।

सो दूध प्रशोधन तथा क्याटवरी उद्योगले वार्षिक रुपमा एक करोड आठ लाख लिटर दूघ प्रशोधन गरी क्याटवरी बनाउने प्रयोजनका लागि विभिन्न उपकरण खरिद गरेर जडान गर्नेतर्फ गृहकार्यका साथ बजेट विनियोजन हुने प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताए ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा चितवनको दूध प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको डिपिआर तयार गरी बोलपत्र आह्वानका लागि प्रदेश दूग्ध विकास बोर्डलाई हस्तान्तरण गरिसकिएको पनि जनाइएको छ ।-रासस/File Photo

प्रतिकृया