• ११ असोज २०८३, आइतबार
  • ७ः२१ बिहान

६ सहसचिव र १२ उपसचिवसहित १८ जना कर्मचारीको सरुवा

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार १०:३५

काठमाडौं, गृह मन्त्रालयले ६ जना सहसचिव र १२ जना उपसचिवसहित जम्मा १८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयका अनुसार सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमली महोत्तरी, गृहका सहसचिव वासुदेव दाहाल धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मा गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मा रामेछाप, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट बागमती प्रदेश कार्यालयमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेल गृह मन्त्रालयमा सरुवा भएका हुन् ।

National Life

त्यस्तै, महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाल झुम्का कारागार सुनसरी, भोजपुरका प्रजिअ वसन्तराज पुरी इलाका उदयपुर, अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारी भोजपुर, गुल्मीका प्रजिअ भरतकुमार शर्मा गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनार अध्यागमन कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै, गृहका उपसचिव माधवप्रसाद ढकाल डोल्पा, मुगुका प्रजिअ कृष्णकुमार निरौला सिरहा र गृहकै उपसचिव मित्रलाल शर्मालाई खोटाङ सरुवा गरिएको छ ।गृहका उपसचिव पुण्य ढकाल पाँचथर, इलाक प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटी मुगु, गृहका उपसचिव जयराज भण्डारी तेह्रथुम र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपाने गृहमा बदलि भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया