• ९ असोज २०८३, शुक्रबार
  • २ः१३ राती

कालो मार्सी चामल प्रतिक्विन्टल २५ हजार रुपियाँ

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ०९:३०

हुम्ला, हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो । एक क्विन्टल मार्सी चामल किनेकी सिमकोट बजारकी मधु बस्नेतले प्रतिकेजी २५० रुपियाँ परेको बताईन ।

National Life

कालो मार्सी चामल मधुमेहका बिरामीका लागि बढी फाइदाजनक हुने भएकाले यसको माग बढ्दै गएकाले पनि महँगो परेको उनको भनाइ छ । गत वर्षसम्म प्रतिकेजी २२० रुपियाँ पर्ने मार्सी चामलको मूल्य यस वर्ष ३० रुपियाँ वृद्धि भएको हो ।

दक्षिणी हुम्लाबाट २२ क्विन्टल मार्सी चामल बाख्रामा ढुवानी गरेर ल्याएका अदानचुली गाउँपालिका–२, मकै गाउँका दत्त बुढा सबै चामल प्रतिक्विन्टल २५ हजारमा बिक्री भएको बताउँन्छन । उनले यस वर्ष उत्पादन कम र पैदल चार दिन लगाएर ल्याउन परेपछि मूल्यमा वृद्धि भएको बताएको छ ।
गोरखापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया