• ९ असोज २०८३, शुक्रबार
  • ३ः१३ राती

प्रचण्डलाई फकाउन प्रधानमन्त्री ओली खुमलटारमा

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ११:०६

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी  नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कठोर बन्ने संकेत पाएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई फकाउन खुमलटार पुगेका छन् । विवादकै बीच प्रधानमन्त्री ओलीले आफूलाई सजिलो हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कु्द्ध बनेका प्रचण्डलाई फकाउन ओली खुमलटार पुगेका हुन् ।

National Life

नेकपा नेता सुवास नेम्वाङले हिजोको भेटमा दुई अध्यक्षबीचको संवादपछि खुमलटारमा भेट्ने योजनानुसार प्रधानमन्त्री ओली केहीबेरअघि खुमलटार पुगेका हुन् । भेटमा दुई अध्यक्षबीच पार्टीको विवाद समाधानका लागि महत्वपूर्ण संवाद हुने नेम्वाङको भनाई छ ।

कोरोनाको महामारी सुरू भएदेखि बालुवाटरबाट विरलै बाहिर निस्कने ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेकोले पनि भेटलाई अर्थपूर्ण मानिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार दाहाल र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । त्यो भेटमा प्रचण्डले ओलीलाई मात्रै तपाईँ कहाँ कति आइरहनु भनेर बालुवाटार आइरहन नसक्ने जनाउ दिएपछि ओली खुमलटार पुगेको बताइएको छ ।ओली र प्रचण्ड—माधव नेपाल समूहले विवादका बीच गुटगत भेलालाई पनि तीब्रता दिइरहेका छन् । प्रचण्डले हिजो मात्रै ओलीले पटक पटक पार्टी फुटाउन खोलेकोले आफूहरु ओलीलाई एक्ल्याउने भन्दा पनि नियन्त्रण गर्न लागिरहेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट हुने भएपछि महासचिव विष्णु पौडेल आजै शनिबार बिहान ८ बजे खुमलटार पुगेका थिए । पौडेलले सहमतिका अघि बढ्न अध्यक्ष प्रचण्डले पहलकदमी लिनुपर्ने बताएको जनाइएको छ ।

प्रतिकृया