• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

प्रकाशित मिति

२०७७ मंसिर २९ गते, सोमबार १२:५५

काठमाडौं, काठमाडौंको तिनकुनेमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ एक जना भने घाइते भएका छन् ।

National Life

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई हाल जडिबुटी बस्ने २२ वर्षीय भुवन कटुवाल रहेका छन ।

बा ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सोहि दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी चढेका सिन्धुपाल्चोकको सेराङ–७ घर भई हाल जडिवुटि बस्ने २१ वर्षीय आशिष नेपालीको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ ।

 

प्रतिकृया