• ८ असोज २०८३, बिहीबार
  • ११ः३९ राती

सरकारले भोलि सगरमाथाको उचाइ घोषणा गर्ने

प्रकाशित मिति

२०७७ मंसिर २१ गते, आईतवार ०६:००

काठमाडौं नेपाल सरकारले सोमबार औपचारिक रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ । सोमबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए । त्यसका लागि नापी विभाग परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो ।

National Life

आर्थिक वर्ष ७५र७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

प्रतिकृया