• २५ भदौ २०८३, बिहीबार
  • १०ः२२ राती

आज देखी रोक, हेर र जाउँ (Stop, Look & Go) निलम पालनामा कडाइ

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०३:३१

काठमाडौं , सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँ (Stop, Look & Go) पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन ।

National Life

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन Stop, Look & Go)का ट्राफिक संकेत बोर्डहरुकोपालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ ।

“सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो ।”महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको’ बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३/३ घण्टा ट्राफिक प्रहरी खटिने छन् । आज बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको छ ।

यस्ता बोर्डहरूकाठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ । भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व(अनुशासित भई उक्त Stop, Look & Go) रोक,हेर र जाउँको नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरिसभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ ।

प्रतिकृया