• २५ भदौ २०८३, बिहीबार
  • १०ः२१ राती

मदिरा सेवन गरेर श्रीमतीको हत्या

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०९:१४

डडेल्धुरा, डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ साँदनीमा भाईटिकाकै राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन ।इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

National Life

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्थिक अवस्था कमजोर रहेका पुन मगरले श्रीमतीको हत्या गरेपछि उनी प्रहरी हिरासतमा पुगिसकेको र बालबालिकाहरुको विचल्ली भएको साँदनी विपद् व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर भण्डारी ‘आँशु’ ले बताए । मृतक पुन मगरको शव व्यवस्थापन र पोष्टमार्टमका लागि साँदनी विपद् व्यवस्थापन समितिले ९ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । मृतक दम्पत्तीका चार छोरा र दुई छोरी छन् । दुबै छोरीको बिहे भइसके पनि छोराहरु सानै भएकाले विजोगमा परेको छिमेकी धिरेन्द्रसिँह जाग्रीले बताएको छ ।
समाचारपत्रबाट साभार

 

प्रतिकृया