• ५ असार २०८३, शुक्रबार
  • १:५९ बिहान

नेपाललाई अमेरिकाले दियो एक सय थान भेन्टिलेर

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ०२:३६

काठमाडौँ- अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेर उपलब्ध गराएको छ ।

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको हो ।

Kamana Sewa

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे ।

Classic Tech Desktop

सो अवसरमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए ।

‘कोरोनाबाट सबैभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यो नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउँछ । एकै यती धेरै भेन्टिलेटर दिएकोमा नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री ढकालले शुक्रबारबाटै भेन्टिलेटर वितरण गरेर प्रयोगमा ल्याउने बताए ।

सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात/सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई/दुई वटाको दरले वितरण गरिने उनले जनाए ।

सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताए । उनले भने, ‘असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ । कोभिड-१९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकुन् ।’

 

प्रतिकृया