न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस
प्रकाशित मिति
२०७७ कार्तिक २२ गते, शनिबार ०९:४५
काठमाडौँ, नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ । बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो । बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।
रासस

Recent News
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया