• ६ असार २०८३, शनिबार
  • ११:०५ बिहान

बेपत्ताको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न अनुरोध

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०८:५७

बर्दिया, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । आज आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए ।

उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए । आयोगका सदस्य डा। अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए ।

Kamana Sewa

अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा। अधिकारीले जानकारी दिए । बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ ।

Classic Tech Desktop

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्दका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।
रासस

प्रतिकृया