• ७ असार २०८३, आइतबार
  • १२:५४ बिहान

ओली–भेटवार्ता सम्पन्न, फेरि कुरा मिलेन

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०४:४८

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको नेकपाका एक नेताले जानकारी दिए

ओलीसँग दाहालको प्रस्ताव : सबै कमिटीको बैठक बोलाउँ, जे निर्णय गर्छ त्यही मानौं

Kamana Sewa

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठक राख्न प्रस्ताव राखेका छन् ।

Classic Tech Desktop

बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा दाहालले पार्टीभित्र उत्पन्न पछिल्ला समस्याहरुको हल गर्नको लागि पनि पार्टी कमिटी बैठकहरु बोलाउनुपर्ने र उक्त बैठकले गर्ने निर्णयलाई मानेर अघि बढ्नुपर्नेमा जोड दिएको नेता भीम रावलले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । आज भएको अध्यक्षद्धयको भेटवार्तामा सहमति भएन् ।

दुइृ अध्यक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि सहमति हुन नसकेको बुझिएको छ ।

 

प्रतिकृया