• ९ असार २०८३, मंगलबार
  • ५:३३ बिहान

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ११:१३

काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

चाँदी चाहिँ आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिकृया