दुई अध्यक्षबीच असमझदारी नभएको सांसद बस्नेतको जिकिर (भिडिओसहित)
प्रकाशित मिति
२०७७ कार्तिक १५ गते, शनिबार ०७:४६
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले दुई अध्यक्षबीच गम्भीर तहको असमझदारी नभएको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर रअ प्रमुख सामन्तकुमार गोयलले गरेको भेटवार्तालाई कुटनीतिक हिसाबले धेरै अन्यथा लिन नहुने बताए ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भारतसँगको सिमा विवाद समाधान हुने उनले विश्वास दिलाए । सांसद बस्नेतले प्रधानमन्त्री ओली स्थायी कमिटी र सचिवालयमा बहुमतमा रहेको जिकिर गरे ।
सांसद बस्नेतले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला दिनमा संवाद नहुनुको कारण अध्यक्ष दाहाल कन्ट्याक्ट टेसिङमा पर्नु भएको बताए । उनले भने९“संसदीय दलमा पनि हामीले प्रधानमन्त्रीको पक्षमा बहुमत नै सही गरेर बुझाईदिएको हो । यदि बहुमत थिएन भने प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव आईसक्थ्यो ।”






प्रतिकृया