आफैँ सङ्क्रमित भएपनि काम गर्न डाक्टरलाई आग्रह
प्रकाशित मिति
२०७७ कार्तिक ११ गते, मंगलवार ०९:१५
MINSK, BELARUS - OCTOBER 1, 2020: A medical worker vaccinates a volunteer with the Russian Sputnik V COVID-19 vaccine at Hospital 28. Natalia Fedosenko/TASS
Áåëîðóññèÿ. Ìèíñê. Âî âðåìÿ âàêöèíèðîâàíèÿ äîáðîâîëüöåâ ðîññèéñêîé âàêöèíîé îò êîðîíàâèðóñà "Ñïóòíèê V" â ïîëèêëèíèêå ¹28. Íàòàëèÿ Ôåäîñåíêî/ÒÀÑÑ
बेल्जियम, कोरोना भाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ।
उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड(१९ का कारण बिरामी भएका छन्।
अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन् ।
बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताएको बीबीसीले उल्लेख गरेको छ ।







प्रतिकृया