• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

स्पेनमा रात्रिकालीन कर्फ्‍यु, देशव्यापी आपत्‌काल घोषणा

प्रकाशित मिति

२०७७ कार्तिक ११ गते, मंगलवार ०९:०३

मडरिड,  स्पेनमा देशव्यापी आपत्‌काल घोषणा गर्दै रात्रिकालीन कर्फ्‍यु लगाइएको छ।

National Life

कोरोनाभाइरसको सङ्क्रमण फेरि बढेपछि त्यसको नियन्त्रणको निम्ति उक्त कदम चालिएको हो।

प्रधानमन्त्री पेड्रो सान्चेथले राती ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले कोरोनाभाइरसको विश्वव्यापी महामारी देशले सामना गरेको शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य सङ्कट भन्दै सङ्कटकाल लगाउनु न्यायोचित भएको टिप्पणी गरेका छन्।सकेसम्म घरभित्रै बस्न उनले मानिसहरूलाई आह्वान पनि गरे।

स्थानीय अधिकारीहरूले सङ्कटकालीन व्यवस्था अनुसार क्षेत्रहरूबीचको यात्रामा समेत रोक्न लगाउन सक्ने बताइएको छ।

अहिलेसम्म स्पेनमा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ र करिब ३५ हजार जनाको ज्यान गएको छ।

स्पेन यो वर्षको सुरुमा महामारीको पहिलो लहरका बेला विश्वमै कडा प्रतिबन्धहरू लगाउने देशहरूमध्ये पर्छ।

अन्य युरोपेली देशहरू जस्तै अहिले स्पेनमा महामारीको दोस्रो लहर देखिएको छ।इटलीले पनि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। बीबीसी

 

 

प्रतिकृया