• ११ असोज २०८३, आइतबार
  • ३ः२२ राती

सांसद बस्नेतद्वारा दशैं भत्ता रकम भक्तपुर अस्पताललाई हस्तान्तरण , बजेट पठाएपनि ठाउँ र भवन अभाव हुँदा समस्या : डा. सुमित्रा गौतम

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ०४:००

भक्तपुर,  संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले दशैं भत्ता भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

National Life

भक्तपुर अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न, असाह्य विरामीको उपचारका लागि खर्च गर्ने गरी आज भक्तपुर अस्पताललाई उहाँले दशैं भत्ता रकम हस्तान्तरण गर्नु भएको हो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भक्तपुर अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई रु. ६५ हजार हस्तान्तरण गर्नु भएको हो ।

बस्नेतका अनुसार, “सरकारलाई भत्ता फिर्ता गरेर मिडियामा चर्चा बटुल्दै केही नेताले सेलिबेट्री बन्ने नाटक गरेका छन्, यसले भ्रष्टाचार घटाउदैन, हामी भ्रष्टाचार बिरुद्ध र अबैधानिक बजेटको बिरोध गर्नेले सरकारी बैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिन हुन्न ।”

Classic Tech Mobile
Classic Tech Desktop

तलब भत्ता नलिने भन्ने सांसदहरुले कसरी उच्चस्तरको जीवन बिताएका छन् भन्ने प्रश्न सहज रुपमा उठ्ने टिप्पणी गर्दै उहाँले सरकारले व्यबस्था गरेको तलब भत्तामा चित्त बुझाएर भ्रष्टाचार रोक्न भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको औल्याउदै उहाँले कोरोनाको कहरमा चाडपर्ब तडकभडक गरेर मनाउनु भन्दा भत्ता बराबरको रकम गरिब र असहायलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।


सांसद बस्नेतले भन्नभुयो, “सरकारलाई भत्ता फिर्ता गरेर मिडियामा चर्चा बटुल्दै केही नेताले सेलिबेट्री बन्ने नाटक गरेका छन्, यसले भ्रष्टाचार घटाउदैन, हामी भ्रष्टाचार बिरुद्ध र अबैधानिक बजेटको बिरोध गर्नेले सरकारी बैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिन हुन्न ।”अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा चर्चा गर्दै उहाँले सबै स्थानीय सरकारले आफ्नो स्थानीय तहमा अस्पताल निर्माण गर्र्नुपर्नेमा जोड दिनुभयो । सांसद बस्नेतले भक्तपुर अस्पतालमा कोभिड–१९का विरामीको उपचार भइरहेकोबारेमा जानकारी लिदै आईसियू तथा कोभिड ब्लकको अनुगमन समेत गर्नुभयो ।

उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष सुवाल र मेसु डा. गौतमले अस्पतालको वर्तमान् अबस्थाकाबारेमा जानकारी गराउनुभयो । हाल ६ शैयाको भेन्टिलेटरसहित १५ शैय्याको आइसोलेसन संञ्चालन भइरहदा कोभिड विरामीको चाप अत्याधिक बढेपछि आजबाट थप आठ शैय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड विरामीको उपचार गरेको बताउनुभयो ।

सरकारले कोभिडका विरामीको उपचारका लागि १०० शैय्या थप गर्न रु. १ करोड १० लाख बजेट पठाएपनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको भन्दै डा. सुमित्रा गौतम गौतमले ठाउँका लागि कतै व्यबस्थापन भए सहज हुने बताउनु भयो ।

 

 

प्रतिकृया