• ९ असोज २०८३, शुक्रबार
  • ६ः३७ बेलुका

प्रदेश नं २ः मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ०६:०२

धनुषा, प्रदेश नं २ को प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो ।

National Life

विधेयक पारित भएसँंगै प्रदेश नं २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।

विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ । प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया