• ९ असोज २०८३, शुक्रबार
  • १२ः५९ दिउँसो

भियतनाममा नजीवन कष्टकर बन्दै, बाढी, पहिरोबाट ७० को मृत्यु

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ०६:३६

भियतनाम, भियतनाममा बाढीका कारण जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तिमा ७० जनाको मृत्यु भइसकेको छ । बाढका कारण सैनिक ब्यारेक समेत बगाउँदा ११ जना सैनपक जवान वेपत्ता छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको बताइएको छ ।

National Life

पछिल्लो हप्तामा भियतनामका विभिन्न स्थानमा भीषण वर्षा हुँदा थुप्रै मानिस प्रभावित बनेका छन् । आगामी दिनमा वर्षा र बाढी अझै बढ्नसक्ने यहाँका मौसमविदहरुले आंकलन गरेका छन् ।

कतिपय स्थानमा त पहिरोले ठूलो भूभाग नै बगाएको छ । सरकारी अधिकारीका अनुसार अधिकांश प्रभावित क्षेत्रमा उद्वारकर्मी खटिएका छन् । यद्यपि ती ठाउँमा फेरि पहिरो वा बाढी जाने खतरा रहेकाले सुरक्षित नभएको चेतावनी दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बीबीसी हिन्दीका अनुसार हालै एक हाइड्रोपावर प्लान्टबाट कामदारहरुलाई सुरक्षित निकाल्ने प्रयासमा खटिएका १३ जना उद्वारकर्मीहरुको नै मृत्यु भएको छ । पछिल्लो केही वर्षयता नै भियतनाममा हरेक गर्मीयाममा ठूलो वर्षा र बाढी पहिरो जाने क्रम बढेको बताइन्छ ।
एजेन्सी

प्रतिकृया