• ७ असोज २०८३, बुधबार
  • २ः१० दिउँसो

पुरानै भाडा पूरै सिटमा यात्रु

प्रकाशित मिति

२०७७ कार्तिक २ गते, आईतवार ०७:०७

काठमाडौं, लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् ।

National Life

पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।

सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भाडा घटाएर पुरानै कामय गरिनु भनेको पूर्ण सिट क्षमतामा चलाउन भनेको दाबी गर्दै आजैबाट बसका सबै सिटमा यात्रु राखिएको जानकारी दिनुभयो । तर मन्त्रिपरिषद्को निर्णयले भाडा घटाए पनि सिट क्षमताको बारेमा कुनै निर्णय गरेको छैन । विभागले पनि भाडा घटाइएको सूचना सार्वजनिक गरेको छ तर पूरै सिटमा यात्रु राख्ने नराख्ने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

ट्राफिक प्रहरी प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार शनिबार ३ः०० बजेदेखि पूरै सिटमा यात्रु राख्न दिइएको छ ।
गोरखापत्र दैनिकबाट साभार

 

प्रतिकृया