• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

आज साँझ ६ बजे पातञ्जलको शुभकामना आदन प्रदान एवं रजतमहोत्सव कार्यक्रमलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले सम्बोधन गर्ने

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार १०:०३

भक्तपुर,नबराज काफ्ले- पातञ्जल योग समिति नेपालद्धारा आयोजित शुभकामना आदन प्रदान एवं रजतमहोत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ तथा विशेष अतिथिको रुपमा पूर्व मन्त्री,प्रतिनिधि सभाका सांसद महेश वस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले अवगत गराएका छन् ।

National Life

पातञ्जल योग समिति नेपालका केन्द्रिय सचिव विजयकुमार पोखरेलले जुमवेबीनार मार्फत आज साँझ ६ बजेदेखि सञ्चालन हुने निर्धारित कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री,संघीय एवं प्रदेश माननीयज्यूहरु,विभिन्न नगरपालिकाका प्रतिनिधिहरु,नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरु,पातञ्जल योग दर्पण शृंखला १ देखि विभिन्न विषय विज्ञको रुपमा प्रवचन दिनुहुने व्यक्तित्वहरु लगायतको उपस्थिति रहने जानकारी दिएका छन् ।

राष्ट्रियता,स्वतन्त्रता,स्वाधीनता,वैधानिकता र पारदर्शीतालाई मूल सांगठानिक लक्ष्य बनाउदै योग,ध्यान आयुर्वेद र प्रकृतिक चिकित्साका माध्यमबाट देशका प्रत्येक व्यक्ति, परिवार, समाज एवं राष्ट्रलाई स्वस्थ,नैतिकतावान,चरित्रवान बनाई नेपाललाई योगिक र आध्यात्मिक सम्बृद्ध राष्ट्र बनाउन योगदान गर्ने ध्येयका साथ पातञ्जल योग समिति नेपाल २०७५ आश्विन ५ गते नेपालमै दर्ता भई संचालनमा आएको पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल बताउछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले कोभिड १९ को प्रभावित समयमा जुम वोभिनार मार्फत बिभिन्न योग आध्यात्म,आयुर्वेद र प्रकृतिक चिकित्सा बिज्ञहरुलाई सहभागी गराई सातै प्रदेशबाट पातञ्जल योग दर्पण कार्यक्रमहरु संचालन गरिदै आएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले थिचोमिचो,औपनिवेशिकता,सीमा अतिक्रमण र धेरैबर्षदेखि योग धर्म र आध्यात्मका आडमा भैरहेकको श्रोत र साधनहरु दोहनका बिरुद्धमा आवाज उठाई खबरदारी गर्ने र सबैलाई सचेत गराउने कामहरु समेत भईरहेको जानाकारी गराए ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य दिर्घराज गिरिले पातञ्जल योग समिति नेपाल, विश्व शान्ती तथा अध्यात्म विज्ञान समाज,अष्टे«लिया र मानवसेवा आश्रमको संयुक्त आयोजनामा अन्तराष्ट्रिय स्तरको २०० घण्टाको योग प्रशिक्षण तालिम कार्यक्रम सञ्चालनमा आईरहेको बताउँदै सो कार्यको लागि पातञ्जल योग समिति नेपालका वरिष्ठ सल्लाहकार एवं आचार्यश्री राजन शर्मा एवं आयोजक संस्था प्रति विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं सूचना तथा प्रविधि व्यवस्थापन समितिका सहसंयोजक युक्त गिरिले पातञ्जल योग दर्पण शृंखला २५ को अवसर पारेर आज साँझको कार्यक्रममा रजत महोत्सवलाई समेत जोडिएको उल्लेख गर्दै निर्धारित कार्यक्रममा जुम आईडी ९८५१०१३७५८ र पासकोड १११ मार्फत जोडिन सम्पुर्ण योगप्रेमी महानुभावहरुमा अपिल समेत गरेका छन् । त्यसैगरि आज साँझ ८ बजेभित्र विभिन्न सांगितीक प्रस्तुतिका साथ सम्पन्न हुने गरि आयोजना गरिएको निर्धारित कार्यक्रममा जोडिरहँदा कुनै प्राविधिक समस्या आएमा मो.नं. ९८६०२००२५५(ईश्वर केसी) र ९८५६०१६८५५(भरतराज पौडेल) मा सम्र्पक गर्न पातञ्जल योग समिति नेपाल केन्द्रिय सूचना तथा प्रविधि व्यवस्थापन समितिका सहजकर्ता एवं सदस्य श्रृजनामल्ल ठकुरीले अनुरोध गरेकी छिन् ।

प्रतिकृया