• १० असोज २०८३, शनिबार
  • ७ः२७ बेलुका

विमानस्थल निर्माण समयमै सकिन्छः मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ०५:२२

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलका निर्माण कार्यले निरन्तरता पाएको बताउनुभयो ।

National Life

गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधिन विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालनसँगै समृद्धिको आधार बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले महामारीका रुपमा पैmलिएको कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति उपलब्ध गराउन असहज भएपनि सङ्घीय सरकार र स्थानीय तहसँग आवश्यक सहजिकरण गरेर समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विमानस्थल निर्माणका गठित कार्यदलमा प्रदेश सरकारको उपस्थिति हुनु पर्ने बताउँदै देखिएका समस्या पहिचान गरी निराकरण गरिनु पर्नेमा जोड दिनुभयो । विमानस्थल निर्माणका लागि थपिएका नयाँ चुनौतीको सामना गर्दै त्यससम्बन्धि तयार पारिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भएको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताउनुभयो । विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, पहुँचमार्गसहित १४ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । कूल रु २२ अर्वको लागतमा निर्माण भई रहेको छ ।
रासस

प्रतिकृया