• १० असोज २०८३, शनिबार
  • ११ः०४ राती

चार वर्षपछि नाथेखोलामा पक्की पुल

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ०५:५७

सल्यान, निर्माण कार्य शुरु भएको चार वर्षपछि पक्कीपुल निर्माण सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलामा विभिन्न विवादका बावजुद निर्माण कार्य पुल निर्माण सम्पन्न भएको हो ।
सल्लीबजार चौरजहारी सडकखण्डमा पर्ने नाथेखोलामा पुल निर्माणका लागि विसं २०७३ साउनमा सम्झौता गरी २०७४ पुस मसान्तमा काम सम्पन्न गर्ने जिम्मा पाएको हरीहरी गजुरमुखी जेभिले जग्गा मुआब्जा विवादका कारण पुल निर्माण गर्न सकेको थिएन । स्थानीयवासीले पुलले अधिग्रहण गर्ने जग्गाको मुआब्जा पाउनुपर्ने माग राख्दै पुल निर्माण कार्य अवरुद्ध गरेपछि निर्माण कार्यमा ढिलाइ भएको थियो ।

National Life

नगरपालिकाले पुल निर्माणमा सहजीकरण गरेपछि पुलको बाँकी रहेको ५० प्रतिशत काम छ महिनामा सम्पन्न गरी पुल सञ्चालनमा आएको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिनुभयो । पुल निर्माणका लागि विभिन्न सरोकारवाला पक्षसँग छलफल गरे पनि स्थानीयवासीले मुआब्जा बुझ्न नमानेपछि नगरपालिकाले प्रहरी खटाएर पुल निर्माण कार्य सम्पन्न गरेको नगर प्रमुख पुनले बताउनुभयो ।

करिब रु चार करोड ७५ लाखमा सम्पन्न भएको पुल भनेकै समयमा पुरा गर्ने लक्ष्य भए पनि स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य समयमै गर्न नसकेको ठेकेदार हरिबहादुर रावतले जानकारी दिनुभयो । पुल नहुदा यहाँका नागरिकले ठुलो सास्ती खेप्दै आएका थिए । हरेक वर्ष आउने बाढीले गर्दा आवातजावतसमेत बन्द हुँदै आएकामा पुल निर्माण भएपछि सल्ली चौरजहारी सडकखण्डमा बाहै्र महिना सवारीसाधन चल्ने भएका छन् ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया