• १० असोज २०८३, शनिबार
  • १ः४९ दिउँसो

फ्रेन्च ओपन टेनिसको फाइनलमा जोकोभिक र नाडाल भिड्ने

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार १०:५९

एजेन्सी, ओपनको फाइनलमा नोभाका जोकोभिक र राफेल नाडाल भिड्ने भएका छन् । दुवै खेलाडीमध्ये जसले जितेपनि इतिहास रच्नेतर्फ महत्वपूर्ण पाइला हुनेछ ।

National Life

स्पेनका नाडालले अर्जेन्टिनी डियगो स्वारज्म्यानलाई ६ -३, ६-३ र ७-६ को सोझो सेटमा पराजित गरेका हुन् । खेलको अन्ततिर डियगोले कडा चुनौती दिएपनि सफल हुन सकेनन् ।

यसैगरी सर्वियाका जोकोभिकले ग्रीसका टिस्टिपासलाई निकै प्रतिष्पर्धात्मक खेलमा पराजित गरे । उनले ६-३ ६-२ ५-७ ४-६ र ६-१ मा खेल जिते । ३३ वर्षीय सर्वले २२ वर्षीय ग्रीकलाई हराएर १८ औं ग्रान्डस्लाम जित्ने प्रयासमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नाडालले जितेमा उनले स्वीस रोजर फडेररको २० औं ग्रान्ड स्लामको बराबरी गर्नेछन् । जोकोभिक जितेमा उनी पनि इतिहास रच्ने एक पाइला नजिक पुग्नेछन् ।फाइल तस्वीर

प्रतिकृया