• ९ असार २०८३, मंगलबार
  • ६:२५ बेलुका

राष्ट्रिय क्रिकेटरको वर्गीकरण सच्याउन निर्देशन

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ११:५४

नेपाल क्रिकेट संघ क्यान ले सन् २०२० का लागि गरिएको नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेटरको वर्गीकरण सच्याउने भएको छ।

यसअघि गरिएको वर्गीकरण न्यायोचित नभएको भन्दै गुनासो आएपछि खेलाडीको वर्गीकरणका लागि राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग छलफल गर्न वर्गीकरण समितिलाई निर्देशन दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताएका छन्।

Kamana Sewa

यसअघिका कोषाध्यक्ष रोशनकुमार सिंह, अमितविर पाण्डे र दुर्गाराज पाठकको समितिले खेलाडीको वर्गीकरण गरेको थियो। सो समितिले असोज ६ गते चितवन बसेको बोर्ड बैठकमा प्रतिवेदन पेश गरेको थियो। सो प्रतिवेदन क्यानले पास गरेको थियो। तर वर्गीकरण न्यायोचित नभएको भन्दै आलोचना भएको थियो।

Classic Tech Desktop

अब फेरि सोहि समितिलाई राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग छलफल गरेर आगामी बोर्ड बैठकमा नयाँ वर्गीकरण पेश गर्न निर्देशन दिएको अध्यक्ष चन्दको भनाइ छ। बोर्ड बैठकले १९ जना महिला र १८ जना पुरुष खेलाडीलाई तीन ग्रेडमा वर्गीकरण गर्दै मासिक तलब दिने निर्णय गरेको थियो।

वर्गीकरणमा राष्ट्रिय टिमबाट खेलेका खेलाडी पनि छुटेका थिए भने कतिपय खेलाडीको वर्गीकरणमा विभेद देखिएको थियो। वर्गीकरणमा त्रुटी भएपछि क्यानको आलोचना भएको थियो।

पुरुष खेलाडी वर्गीकरण

ग्रेड ए मासिक ५० हजार, ग्रेड बी- मासिक ४० हजार, ग्रेड सी- मासिक ३० हजार

ग्रेड ए पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी,दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी

ग्रेड बी सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सर्राफ

ग्रेड सी सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा, कमलसिंह ऐरी

महिला खेलाडी वर्गीकरण

ग्रेड मासिक १५ हजार, ग्रेड बी मासिक १२ हजार, ग्रेड सी- मासिक १० हजार

ग्रेड ए रुबिना क्षेत्री बेलबासे नेरी थापा, इन्दु बर्मा, सीता राना मगर, करुणा भण्डारी

ग्रेड बी ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर

ग्रेड सी कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले

 

प्रतिकृया