आठ दिनपछि बालिकाको दाहसंस्कार
प्रकाशित मिति
२०७७ आश्विन १४ गते, बुधबार ०९:०४
बझाङ, बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।
शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताउनुभयो । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।
रासस

Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया