• ७ असोज २०८३, बुधबार
  • ८ः४६ राती

अन्तर्राष्ट्रिय पिसिएएफ बैंकको समूहमा एनएमबी

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार ०२:५८

काठमाडौं ,नेपालको एनएमबी वाणिज्य बैंक एबीएन मोर्गन स्टान्ली अन्तर्राष्ट्रिय पिसीएएफ बैंकको समूहमा नियुक्त भएको छ।

National Life

पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी रहेको कर्जा र लगानीसँग सम्बन्धित ग्रीन हाउस ग्यास जीएचजी उत्सर्जनको आँकलन गर्न र सामन्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ। वित्तीय साझेदार कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ।

प्रतिनिधिलाई यसको स्टिअरिङ कमिटीमा समावेश गरेको छ र नेपालबाट एनएमबि बैंकलाई यसको नेतृत्व प्रदान गरेको छ। ‘विश्वव्यापी तापक्रम वृद्धिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सवैको लागी महत्वपूर्ण छ, तर यो विशेष गरी एशियाका देशहरुमा प्रासङ्गिक छ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन्’, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्छन, ‘हामी अग्रगामी पहलको हिस्सा हुन पाउ“दा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सब भन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ।’

Classic Tech Mobile
Classic Tech Desktop

गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पत्ती भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्था माझ पुगेको छ। जसको १२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पती पुगेको छ।

वित्तीय सम्पतिको कार्वन लेखाका अग्रगामी स्थापित यस उभो पहलले हालसालै ठूला वित्तीय संस्थाहरु नट वेष्ट समुह बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो ईन्भेष्टेक दक्षिण अफ्रीका, बान्को ब्राडेस्को ब्राजील ग्रुपो बानकोलम्बिया कोलम्बिया एक्सेस बैंक (नाईजेरिया, मोर्गन स्टानले युएस, सिटी युएस बैंक अफ अमेरिका युएस, एनएन समुह नेदरल्याण्ड्स र डान्सके बैंक डेनमार्क स्टिअरीङ्ग कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङ्गको जग निर्माण गर्न, एसियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ।

प्रतिकृया