• ९ असोज २०८३, शुक्रबार
  • १ः५२ राती

बागलुङका बाढिपहिरो पीडितलाई रु नौ लाख सहयोग

प्रकाशित मिति

२०७७ आश्विन ८ गते, बिहीबार ०६:३४

लिस्बन, बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस हजार आर्थिक सहयोग गरेको छ । पोर्चुगलमा रहेका नेपाली समुदायबाट सङ्कलन भएको रु आठ लाख ढोरपाटन नगरपालिकाका बाढीपहिरोमा परेर ज्यान गुमाउने २३ परिवार र घर क्षति भएका ७३ परिवारलाई रु आठ हजारका दरले आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।

National Life

यसैगरी समाजले जैमिनी नगरपालिकाका ज्यान गुमाउने तीन परिवारलाई रु १५ हजारका दरले तथा पूर्ण रुपमा घर क्षति भएका सात परिवारलाई रु नौ हजारका दरले आर्थिक सहयोग गरेको छ । त्यस्तै तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

“कोभिड–१९ ले आक्रान्त बनाएको अवस्थामा आफैं जन्मेको, हुर्केको ठाँउमा प्राकृति प्रकोपले झनै पीडा थपेको समयमा पीडितको दुखेको घाउमा मलम लगाउने हेतुले प्रवासी नेपालीहरुको माझमा अभियान सञ्चालन गरि आर्थिक सहयोग गर्न सफल भएका छौ”, उहाँले भन्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय प्रतिनिधि एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिसकेको संस्थाका सल्लाहकार सूर्य हमालले जानकारी दिनुभयो ।
रासस

प्रतिकृया