• ७ असोज २०८३, बुधबार
  • १०ः१३ बिहान

प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा छः सभामुख सापकोटा

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार ०६:१३

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले प्रेसमाथि हुने गरेका घटना, सरकार र प्रेसबीचको समस्या सङ्क्रमणकालको कारण देखिएको बताउनुभयो ।
उहाँले समस्या औँल्याउँदै गर्दा समाधानका लागि पनि आफूले पहलकदमी लिने जनाउनुभयो ।
सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल पत्रकार आचारसंहिता पालना गराउन लागिपरेको बताउनुभयो । काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सरकारले सरोकार पक्षको राय, परामर्शविना मिडिया काउन्सिललगायत विधेयक ल्याउँदा विवाद उठेको बताउँदै लोकतन्त्रमा जसका लागि कानून बनाउन खोजिएको हो, त्यसमा सरोकार पक्षको सहभागिता अनिवार्य हुनुपर्छ भन्नुभयो ।
आज पहिलो चरणमा वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण राष्ट्रपति भवन, शीतल निवासमा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल आचारसंहिता पुरस्कार वितरण गर्नुभएको थियो ।
विभिन्न पुरस्कार वितरण
यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । त्यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरा तथा रु ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।
रु २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री ९झापा०, राजन कार्की ९काठमाडौँ०, धर्मेन्द्र कर्ण ९धनुषा०, ऋषि धमला ९धादिङ०, उमेश श्रेष्ठ ९काठमाडौँ०, दीपेन्द्र श्रेष्ठ ९कास्की० र नितु पण्डित ९काठमाडौँ०लाई प्रदान गरिएको छ ।
यस्तै रु १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार सटेन्द्र जबेगु ९इलाम०, सुरेशचन्द्र अधिकारी ९चितवन०, माधव पौडेल ९काठमाडौँ०, गणेश चौधरी ९कैलाली०, गिरिजा अधिकारी ९मकवानपुर०, राजु विक ९सिरहा०, कमला श्रेष्ठ ९काठमाडौँ०, राजन सिंह ९धनुषा०, देवीकुमारी गुरुङ ९रोल्पा०, रेणु पराजुली ९उदयपुर०, दीपेन्द्र वली ९सुर्खेत०, शेरबहादुर थापा ९सुर्खेत०, राधिका कँडेल ९फोटो पत्रकार, कास्की० र शान्ता कमली ९लमजुङ०लाई दिइएको छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गाका पत्रकार गणेश राईलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार सभामुख सापकोटाले वितरण गर्नुभएको थियो ।
रासस

National Life

प्रतिकृया