• २९ भदौ २०८३, सोमबार
  • ७ः४६ बिहान

घोराही उपमहानगरपालिकाको सेवा शुरु

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०८:४३

देउखुरी, कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको दाङको घोराही उपमहानगरपालिका कार्यालयको सेवा आजदेखि पुनः शुरु भएको छ । उपमहानगरपालिकाका छ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि गत भदौ ३१ देखि यही असोज ४ गतेसम्मलाई आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

National Life

बन्द सबै सेवा आजदेखि सञ्चालन भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । तीमध्ये ७९६ जना कोरोनामुक्त भइसकेका छन् ।
रासस

प्रतिकृया