• २६ भदौ २०८३, शुक्रबार
  • ४ः१० बेलुका

दीपिका पादुकोणको ‘डिप्रेशन’कस्तो थियो उनको हालत, रणवीर सिंहले बाले

प्रकाशित मिति

२०७७ आश्विन ३ गते, शनिबार ११:०५

 

National Life

एजेन्सी, नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् । दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् ।

दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् । उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपिका आफू निकै बलियो भएको देखाउन चाहान्थिन् । उनी जे कुरा भित्र थियो बाहिर निकाल्न चाहान्थिन् ।’ दीपिका पादुकोण र रणवीर सिंहले सात वर्षसम्म एक अर्कासँग प्रेमसम्बन्धमा रहेर विवाह गरेका थिए । रणवीर सिंहले दीपिकाको तनाव कम गर्न निके सहयोग गरेका थिए ।

प्रतिकृया