• ९ असोज २०८३, शुक्रबार
  • ७ः०४ बिहान

एम्बुलेन्स खरिद अभियान

प्रकाशित मिति

२०७७ भाद्र २० गते, शनिबार ०७:०२

तनहुँ, नेपाल रेडक्रस सोसाइटी व्यास–१० दुम्सीकोट उपशाखाको सक्रियतामा सोसाइटीको ५८ आँै स्थापना दिवसका अवसरमा शुक्रबार एम्बुलेन्स खरिद अभियान शुरु गरिएको छ ।

National Life

सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरले रेडक्रसले मानवीय उद्धार कार्यमा संलग्न भई रचनात्मक कार्य गर्ने र एम्बुलेन्स खरिदमा आफ्नो व्यक्तिगत तर्फबाट सहयोग हुने बताउनुभयो । सामुदायिक एम्बुलेन्स सञ्चालन गरी आम नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान शुरु गरिएको हो । सोसाइटी दुम्सीकोट उपशाखाका संस्थापक सभापति स्व शङ्कर गिरीको परिवारबाट रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रमको थालिएको हो । उक्त समयमा विभिन्न व्यक्तिबाट रु तीन लाख बढी रकम सङ्कलन भएको दुम्सीकोट उपशाखाले जनाएको छ ।

एम्बुलेन्स खरिदको लागि व्यक्ति, विभिन्न सङ्घसंस्था तथा पालिकाहरुसँग सहयोगको अपेक्षा गरिएको अर्थ सङ्कलन तथा खरिद समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । रु ३० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “करिब १७ लाख एम्बुलेन्स खरिद गरी बाँकी हुन आएको रकम कोषको रुपमा स्थापना गरी परिचालन गरिनेछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

पाँच महिनाको अवधिमा रकम सङ्कलन गर्ने र तीन महिनामा खरिद प्रक्रिया पूरा गरी आठ महिनाको अवधिमा एम्बुलेन्स सञ्चालनमा ल्याइने योजना रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलले बताउनुभयो ।

एम्बुलेन्स सञ्चालन पश्चात सुत्केरी, दैवी प्रकोपको लागि १५ प्रतिशत, कोभिड–१९ का बिरामीलाई २५ प्रतिशत भाडादरमा छुट गरिने छ भने विपन्न, गरीब, असहायलाई निःशुल्क सेवा सुविधा प्रदान गर्ने लक्ष्यछ । एम्बुलेन्स भाडादर अहिलेलाई नतोकिए पनि एम्बुलेन्स निर्देशिका अनुरुप सञ्चालन गरिने बताइएको छ । ईश्वर पौडेलको संयोजकत्वमा १५ सदस्यीय अर्थ सङ्कलन तथा खरिद समिति गठन गरिएको छ । जिल्ला सभापति कृष्णहरि वाग्ले, वडाध्यक्ष तुलसीराम सापकोटालगायतले रेडक्रसलाई अझ सशक्त बनाइ अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
रासस

प्रतिकृया