• ९ असोज २०८३, शुक्रबार
  • ११ः०० बिहान

मृत भेटिएका भारतीय मजदुरमा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार १२:०२

जनकपुरधाम. धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

National Life

गत भदौ १७ गते राति कम्पनीमै सुतेका भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागिरहँदा स्थानीयस्तरमै उपचार गराइएको थियो । उनको मृत्युपछि १८ गते बिहानै कोरोना आशंका गर्दै स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको थियो । १८ गते राति नै उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । रिपोर्ट आएसँगै उनको शवलाई नेपाली सेनाको टोलीले महेन्ऽनगर र इच्छापुरको बीचमा रहेको जलाद नदीमा व्यवस्थापन गरेका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया