• ८ असोज २०८३, बिहीबार
  • ८ः३३ राती

वागमतीमा ‘भेरी भेटौला’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०५:३५

ललितपुर, वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले ‘भेरी भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले खादा, माला र फूल लगाई भेरी भेटौला गर्नुभएको हो । आचार्यले गाउँपालिकामा २२ महिनादेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उत्कृष्ट कार्य सम्पादन गर्दै आउनुभएको थियो ।
अब आचार्य नुवाकोटको शिवपुरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनु भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लोप्चनले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्र विकास निर्माण सुशासन कायम हुने भन्दै आचार्यमा जनप्रतिनिधि र कर्मचारीसँग मिल्न र मिलाउन सक्ने क्षमता भएको बताउनुभयो । उहाँले अब आउने प्रमुख प्रशासकीय अधिकृतले पनि आचार्यले जस्तै कार्य सम्पादन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

National Life

सो अवसरमा आचार्यले २२ महिनासम्म आफ्नो कार्यकाल भरी आफूलाई गाउँपालिकाको काममा अभिभावकत्व प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरे लगायतका सबै वडाध्यक्षलाई धन्यवाद प्रदान गर्नुभयो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया