• ८ असोज २०८३, बिहीबार
  • ४ः३६ बिहान

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०७:१४

काठमाडौँ, नेपालमा तत्कालका लागि कोरोना (भाइरस कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।

National Life

विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया